६५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्दै जोशी हाइड्रोपावर « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

६५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्दै जोशी हाइड्रोपावर



काठमाडाैं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन १५ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हालको चुक्ता पूँजीको ६५ प्रतिशत बराबरका हकप्रद शेयर जारी गर्न लागेको हो।

यस अनुसार, कम्पनीले हाल कायम प्रत्येक १ कित्ता शेयरको अनुपातमा ०.६५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। कुल २४ करोड १४ लाख १० हजार रुपैयाँ बराबरको, प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर जारी गरिनेछ।

हकप्रद शेयर निष्काशनका लागि कम्पनीले असार ८ गते बुक क्लोज गरेको थियो। त्यस अनुसार, असार ५ गतेसम्म नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा कारोबार भई कायम रहेका शेयरधनीहरूले यस हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

हकप्रद शेयरमा आवेदन दिने अन्तिम म्याद भदौ ४ गतेसम्म कायम गरिएको छ।

यस निष्काशनको शेयर बिक्री तथा प्रबन्धक संस्था लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।


प्रतिक्रिया दिनुहोस्