ताेलामा ११ सय रूपैयाँले बढ्याे सुनकाे मूल्य « Arthapath.com
८ असार २०८३, सोमबार

ताेलामा ११ सय रूपैयाँले बढ्याे सुनकाे मूल्य



काठमाडौं। नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारआइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ९ सय रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेको छ । यसअघि शुक्रबार तोलामा २२ सय २० रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार २२ सय ८५ कायम भई नयाँ रेकर्ड बनाएको छ ।


प्रतिक्रिया दिनुहोस्