गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स नेपालपे कार्डमा आवद्ध « Arthapath.com
२० जेष्ठ २०८३, बुधबार

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स नेपालपे कार्डमा आवद्ध



काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स र एनसीएचएल बीच नेपालपे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।

एनसीएचएलले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई, विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ । एनपीएस–एनसिएस र नेपालपे काडको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाँईमा पु¥याउने अपेक्षा गरिएको छ ।

नेपालका अग्रणी फाइनान्सहरु मध्येको गुहेश्वरी मर्चेन्ट बंैकिङ्ग एण्ड फाइनान्सले देश भरी रहेका २३ वटा शाखा, ४ वटा विस्तारित काउन्टर तथा एटीएम सेवा, सेफ डिपोजिट लकर सेवा, डिम्याट खाता, मोबाइल बैकिङ्ग मार्फत ग्राहकवर्गहरुलाई सेवाहरु प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्