७ श्रावण २०८३, बिहिबार

साेमबार ताेलामा ४०० रूपैयाँ बढ्याे सुनकाे मूल्य,चाँदीकाे कति ?



काठमाडाैं । साेमबार पनि नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेकाे छ । हिजाे ताेलामा ११ सय रूपैयाँले बढेकाे सुनकाे मूल्य आज प्रतिताेला ४०० रूपैयाँले बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ९ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य ३० रुपैयाँले बढेको छ । यससँगै आइतबार तोलामा २२ सय ८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार २३ सय १५ रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्