मंगलबार सुनको मूल्य स्थिर, ताेलामा ४० रुपैयाँले घट्यो चाँदी
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर देखिएको छ। आज सुनको कारोबार सोमबारको मूल्यकै आधारमा भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा किनबेच भइरहेको छ। अघिल्लो आइतबार भने यो सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ९०० रुपैयाँ थियो।
चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला ४० रुपैयाँले घटेर दुई हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सोही चाँदी प्रतितोला दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो, जुन अहिलेसम्मकै उच्च मूल्य हो।












