ताेलामा १३०० रूपैयाँ घट्याे सुनकाे मूल्य « Arthapath.com
८ असार २०८३, सोमबार

ताेलामा १३०० रूपैयाँ घट्याे सुनकाे मूल्य



काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य घटेकाे छ । हिजाे स्थिर रहेकाे सुनको मूल्य आज प्रतितोला एक हजार ३०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला दुई हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला दुई हजार २७४ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्