श्रीनगर एग्रीटेक इण्डष्ट्रीजले पायाे आईपीओ निष्काशनकाे अनुमति
काठमाडाैं । श्रीनगर एग्रीटेक इण्डष्ट्रीज लिमिटेडले आईपीओ निष्काशनकाे अनुमति पाएकाे छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई साउन १३ गते आईपीओ निष्काशन गर्ने अनुमति दिएको हाे ।
अनुमति पाएसँगै कम्पनीले जारी पूँजीको २० प्रतिशतका दरले हुन आउने ३२ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३२ लाख ६२ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्नेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।
















