राष्ट्रिय वाणिज्य बैंकको ‘७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८’ नेप्सेमा सूचीकृत
काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकको ‘७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८’ नेप्सेमा सूचीकृत भएको छ ।बुधबार नेपाल स्टक एक्सचेञ्ज र राष्ट्रिय वाणिज्य बैंकबीच सूचीकरण सम्झौता सम्पन्न भएको हो ।
सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल स्टक एक्सचेञ्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईंले हस्ताक्षर गरे ।
बैंकले यो ऋणपत्र गत वैशाख ७ गतेदेखि १२ गतेसम्म बिक्रीका लागि खुला गरेको थियो भने वैशाख २१ गते बाँडफाँट सम्पन्न गरिएको थियो ।
कुल २५ लाख कित्ता ऋणपत्र निष्कासन गरिएको यो योजना ७ वर्ष अवधिको हो, जसमा वार्षिक ७ प्रतिशत ब्याजदर कायम गरिएको छ । नेप्सेमा यस ऋणपत्र ‘७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८ ‘ नाम र स्टक संकेत ‘आरबिबिडीट ८८’ बाट सूचीकृत गरिएको हो ।















