खानी खोला हाइड्रोपावरको सतप्रतिशत हकप्रद शेयर भदौ ३ गतेदेखि बिक्रि खुला - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

खानी खोला हाइड्रोपावरको सतप्रतिशत हकप्रद शेयर भदौ ३ गतेदेखि बिक्रि खुला



काठमाडाैं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ ३ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत बराबर हकप्रद शेयर ल्याउन लागेको हो।

यस योजनाअन्तर्गत, १ः१ को अनुपातमा अर्थात् हालको एक कित्ता शेयर बराबर नयाँ एक कित्ता हकप्रद शेयर निष्काशन गरिनेछ। कम्पनीले प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर निष्काशन गर्दैछ, जसको कुल रकम ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ बराबर हुनेछ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार २७ गते बुकक्लोज गरेको थियो। यस अनुसार असार २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा भदौ २३ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।


प्रतिक्रिया दिनुहोस्