नारायणी डेभलपमेन्ट बैंकलाई १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न बाेर्डकाे अनुमति « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नारायणी डेभलपमेन्ट बैंकलाई १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न बाेर्डकाे अनुमति



काठमाडाैं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएकाे छ।

नेपाल धितोपत्र बोर्डले साउन १५ गते बैंकलाई १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो।

याे सँगै कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २६ करोड २४ लाख ६७ हजार ७०० रुपैयाँबराबरको २६ लाख २४ हजार ६७७ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।


प्रतिक्रिया दिनुहोस्