२४८.२८ प्रतिशत बढ्यो आशा लघुवित्तको नाफा, लाभांश क्षमता कति ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

२४८.२८ प्रतिशत बढ्यो आशा लघुवित्तको नाफा, लाभांश क्षमता कति ?



काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको नाफामा उछाल आएको छ । कम्पनीको नाफा झन्डै २१ करोड पुगेको छ ।

कम्पनीले सोमबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरवणले यस्तो बताए ।

कम्पनीको खुद नाफा २४८.२८ प्रतिशत बढेर २० करोड ९२ लाख ७७ हजार रुपैयाँ कायम भएको छ । जबकि, अघिल्लो आवमा ६ करोड रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी पनि ६७.४७ प्रतिशत बढेर ७३ करोड ८८ लाख रुपैयाँ कायम भएको छ । यता, संचालन नाफा पनि २५५.३६ प्रतिशत बढेर ३० करोड १६ लाख ९२ हजार रुपैयाँ पुगेको छ ।

खुद ब्याज आम्दानी र संचालन नाफा बढेसँगै खुद नाफामा बढोत्तरी आएको हो । कम्पनीको वितरणयोग्य नाफा १६ करोड ३६ लाख ४५ हजार रुपैयाँ कायम भएको छ । यसका आधारमा कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई २२.३२ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ७३ करोड ३० लाख रुपैयाँ छ । कम्पनीले जगेडा तथा कोषमा भने ४२ करोड ६१ लाख रुपैयाँ राखेको छ ।

हाल कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) २८.५५ रुपैयाँ छ । जबकि, अघिल्लो आवमा कम्पनीको यस्तो आम्दानी ९.३७ रुपैयाँ थियो । प्रतिसेयर नेटवर्थ १७२.९० रुपैयाँ छ । कम्पनीले खराब कर्जा पनि घटेर ४.४८ प्रतिशत कायम भएको छ ।

कम्पनीको निक्षेप संकलन ५.०८ प्रतिशत बढेर ९ अर्ब ६६ करोड ५२ लाख रुपैयाँ कायम भएको छ । यता, कर्जा प्रवाह पनि ९.३५ प्रतिशत बढेर १० अर्ब ४४ करोड ९३ लाख रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्