छुट्ला है बन्दीपुर केवलकारको आईपीओ, आवेदन दिने आज अन्तिम दिन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

छुट्ला है बन्दीपुर केवलकारको आईपीओ, आवेदन दिने आज अन्तिम दिन



काठमाडाैं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि साउन ६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज साउन २० गते अन्तिम दिन हो।

कम्पनीलाई नेपाल धितोपत्र बोर्डबाट कुल जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७०६७ प्रतिशत अर्थात ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति प्राप्त भएको थियो।

यसमध्ये ५ लाख ६६ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गरिएको हो, जसको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ।

उक्त शेयर खरिदका लागि तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकाका सबै वडा, आँबुखैरेनी गाउँपालिकाका सबै वडा, भानु नगरपालिकाको वडा नं। १ तथा गोरखा जिल्लाको पालुङटार नगरपालिकाको वडा नं ७ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।

आवेदनका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २०,००० कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ।


प्रतिक्रिया दिनुहोस्