एक कम्पनीको १३.५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

एक कम्पनीको १३.५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको १३.५ प्रतिशत बापतको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो ।

मंगलबार कम्पनीको ९ लाख ३२ हजार ४२१.१० कित्ता बोनस सेयर सूचीकृत भएको छ । अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्