शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्दै बलेफी हाइड्रोपावर « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्दै बलेफी हाइड्रोपावर



काठमाडाैं । बलेफी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ ।

कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको बराबर एक बराबर एकका दरले हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।

कम्पनीले १८८ मेगावाट क्षमता भएको सुर्के–दुधकोशी जलविद्युत् आयोजनामा लगानी गर्नका लागि हालको ३ अर्ब ६५ करोड ६९ लाख ४० हजार रुपैयाँ चुक्ता पूँजी बराबरको ३ करोड ६५ लाख ६९ हजार ४०० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

विद्युत् नियमन आयोगबाट स्वीकृति प्राप्त भइसकेपछि र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सो दरमा हकप्रद शेयर जारी गरिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्