समता घरेलु लघुवित्तकाे नाफामा उछाल, खुद नाफा २४०.९१ प्रतिशत बढ्दा प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उछाल आएको छ ।
संस्थाले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४०.९१ प्रतिशत बढेको हो ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ८ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७३.७५ प्रतिशत बढेर ३३ करोड ७७ लाख पुगेको छ भने खुद फि तथा कमिशन आम्दानी ११२.३६ प्रतिशत बढेर ४ करोड ३५ लाख पुगेको छ ।
त्यस्तै, लघुवित्तको कुल सञ्चालन मुनाफा ७४.६१ प्रतिशत बढेर ३८ करो ९८ लाख छ भने सञ्चालन मुनाफा २३७.९४ प्रतिशत बढेर १४ करो ८५ लाख पुगेको छ।
यता समीक्षा अवधिमा लघुवित्तको इम्पेरमेन्ट चार्ज भने १ करोड ७० लाख रुपैयाँबाट घटेर ५० लाख रुपैयाँमा झरेको छ।
यस्तै अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ४ रुपैयाँ ४२ पैसा रहेको लघुवित्तको प्रतिशेयर आम्दानी, गत वर्ष बढेर १३ रुपैयाँ ५१ पैसा पुगेको छ।
६२ करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २२ करोड २४ लाख रुपैयाँ सञ्चित रहेको छ। आर्थिक वर्षको चौथो त्रैमासअन्त्यसम्म लघुवित्तको प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ३७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७० रहेको देखिन्छ।
सोही अवधिमा लघुवित्तले निक्षेप तथा सापटी स्रोतबाट जम्मा ४ अर्ब ९७ करोड रुपैयाँ संकलन गरी ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको कर्जा लगानी गरेको छ।















