बजाज चेतक ईभी नेपाल मोबिलिटी एक्स्पो २०२५ का लागि तयार
काठमाडौं । बजाज अटो लिमिटेड, नेपालमा बजाज टु ह्विलर को एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिको सहकार्यमा नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा प्रतिष्ठित बजाज चेतक ईभीको प्रदर्शन गरिएको छ ।
यो प्रदर्शनी साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ। एक गतिशील र इमर्सिभ स्टलसँग, ब्रान्डले आगन्तुकहरूलाई चेतक ईभीको टाइमलेस डिजाइन र स्मार्ट विद्युतीय सुविधाहरू अनुभव गर्न आमन्त्रित गर्दछ जसले चेतक ईभीलाई नेपालको सबैभन्दा विश्वासिलो विद्युतीय स्कुटर मध्ये एक बनाउँनेछ ।
एक प्रिमियम ईभी अनुभवको प्रतिक्षा
नाइमा एक्स्पो २०२५ मा, बजाजको विशेष चेतक ईभी स्टलमा आगन्तुकहरूले चेतक ३५०१ विद्युतीय स्कूटरसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर पाउनेछन्, जसबाट उनीहरू यसको डिजाइन, निर्माण र कार्यक्षमतामा फस्र्ट ह्यान्डको अनुभव प्राप्त गर्नेछन्।
प्रदर्शनीमा चार्जिङ क्षमताहरू, स्माट टिएफटी डिस्प्ले, र उन्नत सुरक्षा कार्यक्षमताहरू जस्ता प्रमुख सुविधाहरूको प्रत्यक्ष प्रदर्शन गरिनेछ। सहभागीहरूले टेस्ट राइडहरूको लागि दर्ता गर्ने र स्थलमै बुकिङ गर्ने अवसर पनि पाउनेछन्। स्टलको जीवनशैली प्रेरित लेआउट, विशेषज्ञ ईभी सल्लाहकारहरूको समर्थनमा, आगन्तुकहरूलाई विस्तृत उत्पादन सन्देश मार्गदर्शन गर्नेछ, जसले यसलाई एक अत्यन्तै इमर्सिभ विद्युतीय मोबिलिटी अनुभव बनाउनेछ।
प्रदर्शनीमा यस सहभागिताले देशको बढ्दो ईभी समुदायसँग प्रत्यक्ष संलग्न हुँदै नेपालमा विद्युतीय मोबिलिटीलाई बलियो बनाउन बजाजको निरन्तर प्रतिबद्धतालाई दर्शाउँछ ।
कार्यक्रमअघि गोल्छा समूहका निर्दैशक अभिमन्यु गोल्छाले भने,“हामी बजाज चेतक ईभीलाई नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा ल्याउन उत्साहित थियौ । चेतक नेपालका धेरै घरधनीहरूको लागि एक भावनात्मक ब्रान्ड हो, र यसको विद्युतीय संस्करणले त्यो धरोहरलाई नवाचार, बौद्धिकता र पर्यावरणीय जिम्मेवारीसँग जोड्नेछ। यो उपस्थितिले मानिसहरूलाई चेतकको भविष्यलाई व्यक्तिगत रूपमा अनुभव गर्ने अवसर प्रदान गर्छ।”
सशक्त डिजाइन, व्यावहारिक विद्युतीय प्रदर्शन र डिजिटल इन्टेलिजेन्स्सँग, बजाज चेतक ईभी नाइमा २०२५ को एक प्रमुख आकर्षण बन्ने कम्पनीले जनाएकाे छ। सबै ईभी उत्साही र सम्भावित सवारहरूलाई चेतक स्टलमा भ्रमण गर्न, टेस्ट राइड बुक गर्न र बजाजसँग शहरी यात्रा भविष्यको अन्वेषण गर्न आमन्त्रित गरिन्छ।












