नाफासँगै बढ्याे मिड सोलु हाइड्रोपावरको प्रतिसेयर आम्दानी
काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मिड सोलु हाइड्रोपावरको नाफामा उछाल आएको छ ।
कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा कम्पनीले १३ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ।
अघिल्लो वर्ष २०८०/८१ मा कम्पनीले २ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा ४८९.९६ प्रतिशतले बढेको हो।
यस्तै यस अवधीमा कम्पनीको सञ्चालन मुनाफा ४५ प्रतिशतले बढेर २३ करोड ७२ लाख रुपैयाँ पुगेको छ भने यस अवधीमा कम्पनीले विद्युत बिक्रीबाट ३१ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेको छ। यस्तो आम्दानी अघिल्लो वर्षको तुलनामा १८.४७ प्रतिशत बढेको हो ।
कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) १७.६६ रुपैयाँ, मूल्य आम्दानी अनुपात (पीई रेसियो) ५१.९३ गुणा र प्रतिशेयर नेटवर्थ १२०.१७ रुपैयाँ रहेको छ।
चुक्तापुँजी ७४ करोड ८४ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भ तथा सरप्लसमा १५ करोड ९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिजर्भ तथा सरप्लसमा १ करोड ८७ लाख रुपैयाँ थियो। रिजर्भको आकारमा उल्लेख वृद्धि भएको छ।













