११ श्रावण २०८३, सोमबार

‘नाइमा एक्स्पो’को क्रेज : लगातार पाँच दिनसम्म पनि नघटेको चासो र भिड (फोटो–फिचर)



काठमाडौं । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को आज पाँचौं दिन । आज पनि भृकुटीमण्डपमा गाडी खरिद गर्न इच्छुक ग्राहकहरूको ठूलो भिड देखिएको छ ।

प्रदर्शनीमा राखिएका गाडीहरूलाई राम्रोसँग अवलोकन गर्नसमेत कठिनाई हुने गरि भिडभाड भएको छ।

एक्स्पोमा विभिन्न ब्रान्डका स्टल अगाडि मानिसहरूको निकै भिडभाड देखिन्छ । ग्राहकहरू उत्साह र चासोका साथ गाडीहरूको परीक्षण गरिरहेका छन्, अवलोकन गरिरहेको देख्न सकिन्छ ।

नाइमा एक्स्पो नेपाली अटोमोटिभ बजारका लागि एक ठूलो आकर्षण बनेको आयोजक जनाएको छ । लगातारको पाँचौं दिन पनि ग्राहकको चाप नघटेको आयोजकले जानकारी दिएको छ । चौथों दिनसम्म ७० हजार हारहारीको संख्याले एक्स्पो अवलोकन गरेको दावी छ । ग्राहकको चाप बढेपछि नै नाइमा प्रदर्शनी मिति एक दिन थपेको थियो ।

अटो एक्स्पोमा ५० भन्दा बढी ब्रान्डहरू आफ्नो नयाँ मोडल र आकर्षक मूल्यहरूको साथ ग्राहकलाई आकर्षित गर्नका लागि प्रस्तुत भएका छन् । यस वर्षको एक्स्पोमा विभिन्न ब्रान्डहरूले आफ्ना नयाँ मोडलहरू सार्वजनिक गरेका छन् । गाडीको मूल्यमा पनि राम्रै प्राइसवार देखिन्छ, जसले उपभोक्ताको चासो अझै बढी बढाएको छ ।

नाइमा एक्स्पोको पाँचौं दिनसम्म पनि महत्त्वपूर्ण गाडी ब्रान्डहरूको स्टलमा भिडको कुनै कमी देखिएको छैन । एक्स्पो भोलि अर्थात् साउन २६ गते सकिँदैछ ।

हेर्नुहोस्, केही तस्विरहरु