माबिलुङ्ग इनर्जी आईपीओ बिक्रि खुला, क-कसले दिन पाउँछन् आवेदन ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

माबिलुङ्ग इनर्जी आईपीओ बिक्रि खुला, क-कसले दिन पाउँछन् आवेदन ?



काठमाडाैं । माबिलुङ्ग इनर्जी लिमिटेडले आज साेमबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्रि खुला गरेकाे छ ।

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको थियो।

कम्पनीले आफ्नो जारी पूँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९९८ प्रतिशत, अर्थात् १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो।

सोमध्ये ३ लाख ८५ हजार ८२४ कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र १ लाख ५० हजार ४७१ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको थियो, जुन बाँडफाँट भइसकेको छ।

अब कम्पनीले दोस्रो चरणमा १३ करोड ५४ लाख २३ हजार ५०० रुपैयाँ बराबरको १३ लाख ५४ हजार २३५ कित्ता शेयर निष्काशन गर्दैछ। त्यसमा ३० हजार ९५ कित्ता कर्मचारीहरूका लागि र ७५ हजार २३६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी रहेको १२ लाख ४८ हजार ९०४ कित्ता शेयरका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

यस आईपीओमा न्यूनतम १० कित्ताबाट आवेदन दिनुपर्नेछ भने अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। आईपीओ निष्काशन छिटोमा साउन २९ गते र ढिलोमा भदौ ९ गतेसम्म खुला रहनेछ।


प्रतिक्रिया दिनुहोस्