‘नाइमा एक्स्पो’को अन्तिम दिन : ‘म्याक्सस मिफा-७’ले खिच्यो ग्राहकको ध्यान, कति युनिट बुकिङ्ग भयो ?
काठमाडौं । राजधानीमा जारी ‘नाइमा मोबिलिटी एक्स्पो–२०२५’ आज सम्पन्न हुँदैछ । ६ दिनसम्म चलेको एक्स्पोमा विद्युतीय सवारीसाधनप्रतिको बढ्दो चासो स्पष्ट देखिएको छ ।
विशेषगरी म्याक्सस ब्रान्डको प्रिमियम एमपिभी ‘मिफा ७’ ले दर्शक र ग्राहक दुवैको नजर तान्न सफल भएको छ ।
हिमालय मोट्रक्सद्वारा नेपालमा भित्र्याइएको यो ७ सिटर लक्जरी इभी गाडी एक्स्पोको पहिलो दिन सार्वजनिक गरिएको थियो ।
चीनको एसएआईसी मोटर ग्रुपअन्तर्गतको म्याक्सस ब्रान्डको यो मोडेल एक्स्पोमा हालसम्म १६ युनिट बुकिङ भइसकेको कम्पनीका प्रतिनिधिहरु बताउँछन् । यद्यपि, आज अन्तिम समयसम्म कति युनिट बुकिङ्ग भयो भन्ने यथार्थ तथ्याङ्क आउने कम्पनीले जनाएको छ ।
१ करोड २५ लाख रुपैयाँ मूल्य रहेको मिफा ७ मा ९० किलोवाट आवरको ब्याट्री, ६३५ किमीको रेञ्ज, फास्ट चार्ज सपोर्ट, इलेक्ट्रिक स्लाइडिङ ढोका, ३६० डिग्री क्यामेरा, मसाज सिट, प्यानोरामिक सनरूफ लगायतका प्रिमियम विशेषता छन् ।
कम्पनीले एक्स्पो अवधिभर १० लाख रुपैयाँसम्मको नगद छुट सहित आकर्षक अफर उपलब्ध गराएको छ ।
यसअघि म्याक्ससकै इटरोन इलेक्ट्रिक पिकअप पनि मनाङमा लन्च गरिएको थियो, जसको मूल्य १ करोड ९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।












