प्यान अद्यावधिक गर्न एनआईसी एशिया बैंकको अनुरोध « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

प्यान अद्यावधिक गर्न एनआईसी एशिया बैंकको अनुरोध



काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई स्थायी लेखा नम्बर (प्यान) को विवरण यथाशीघ्र अद्यावधिक गर्न अनुरोध गरेको छ ।

आयकर ऐन २०५८ बमोजिम नेपालको आर्थिक मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको प्यान प्रणालीमा ग्राहकका खाताहरूलाई जोड्नुपर्ने भएपछि बैंकले यस्तो अनुरोध गरेको हो ।

ग्राहकहरूलाई प्यान अद्यावधिक गर्नका लागि बैंकले पोर्टल वा मोबाइल बैंकिङ एप मा रहेको ‘प्यान अपडेट’ विकल्प मार्फत प्यान अद्यावधिक गर्न सक्ने व्यवस्था गरेको छ । यसका अतिरिक्त, ग्राहकहरू आफूलाई सहज पर्ने बैंकको कुनै पनि शाखामा पनि प्यान अद्यावधिकको लागि आवेदन दिन सक्नेछन् ।

बैंकले भनेको छ‘प्यान अद्यावधिक नगरेका ग्राहकहरूको ब्याज कर ‘इ–टीडीएस’ रेकर्डमा जनाउन समस्या उत्पन्न हुन सक्छ, जसले गर्दा आयकर प्रमाणपत्र र कर प्रमाणपत्र प्राप्त गर्नमा सहजता हुनेछ । यदि ग्राहकले प्यान अद्यावधिक नगरेको खण्डमा, ‘इ–टीडीएस’ प्रणालीमा ब्याज करको विवरण नदिइएको अवस्था सिर्जना हुन सक्छ, जसको परिणामस्वरूप थप समायोजनको आवश्यकता पर्न सक्छ ।’


प्रतिक्रिया दिनुहोस्