२० लाख कित्ता आइपीओ ल्याउँदै अमुदी फुड्स, बिक्री प्रबन्धकममा ग्लोबल आइएमई क्यापिटल « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

२० लाख कित्ता आइपीओ ल्याउँदै अमुदी फुड्स, बिक्री प्रबन्धकममा ग्लोबल आइएमई क्यापिटल



काठमाडां । अमुदी फुड्स लिमिटेडले २० लाख कित्ता साधारण सेयर सर्वसाधारणमा निष्कासन गर्ने भएको छ ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनी र क्यापिटलबीच सेयर निष्कासन सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा अमुदी फुड्स लिमिटेडका अध्यक्ष अच्युत बस्नेत र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले हस्ताक्षर गरेका हुन् ।

अमुदी फुड्स लिमिटेडको कर्पोरेट अफिस काठमाडौंको कोटेश्वरमा छ । यसको उत्पादन उद्योग चितवनको भरतपुर स्थित गोन्द्राङमा रहेको छ । कम्पनीमा व्यवसायी, उद्योगी, शिक्षाविद् र प्रतिष्ठित व्यक्तित्वहरूको लगानी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्