छुट्ला है ! झापा इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

छुट्ला है ! झापा इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । झापा इनर्जी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि साउन १४ गतेदेखि खुला गरेको आईपीओमा आवेदन दिने आज, साउन २८ गते, अन्तिम दिन रहेको छ।

कम्पनीले ३८ करोड १ लाख ९० हजार रुपैयाँ बराबरको जारी पूँजीको १० प्रतिशत अर्थात् ३ करोड ८० लाख १९ हजार रुपैयाँ बराबरका ३ लाख ८० हजार १९० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको हो। प्रतिकित्ता मूल्य १०० रुपैयाँ रहेको छ।

कुल निष्काशित शेयरमध्ये १ लाख ९० हजार ९५ कित्ता शेयर झापा जिल्लाको शिवसताक्षी नगरपालिका–४ मा निर्माणाधीन सौर्य विद्युत् आयोजना स्थल तथा आयोजनाबाट १०० मिटर वरपरका प्रत्यक्ष प्रभावित बासिन्दाका लागि छुट्याइएको छ। बाँकी १ लाख ९० हजार ९५ कित्ता शेयर भने सो क्षेत्रबाहेक शिवसताक्षी–४ का अन्य स्थानीय बासिन्दामा बाँडफाँट गरिनेछ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिने छ।


प्रतिक्रिया दिनुहोस्