नेपाल पुनर्बीमा कम्पनी स्वतन्त्र संचालकमा पौडेल
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको स्वतन्त्र संचालकमा किरण पौडेल नियुक्ति भएका छन् ।
कम्पनीको साउन २९ गते बसेको संचालक समितिको बैठकले उनलाई स्वतन्त्र संचालकको रुपमा नियुक्ति गरेको हो ।
बीमा ऐन, २०७९ को दफा ४७, ४८ र ४९ तथा कम्पनीको नियमावलीको नियम २७ को व्यवस्थाको आधारमा पौडेल स्वतन्त्र संचालन भएका हुन् ।













