नाडा अटो शोमा नयाँ कारको भिडन्तः टाटा, सुजुकी, चाङगनदेखि एलएस अटोसम्म, कुन बन्ला ‘क्राउड पुलर’ ? « Arthapath.com
६ असार २०८३, शनिबार

नाडा अटो शोमा नयाँ कारको भिडन्तः टाटा, सुजुकी, चाङगनदेखि एलएस अटोसम्म, कुन बन्ला ‘क्राउड पुलर’ ?



काठमाडौं । नेपालको अटोमोबाइल इतिहास फेरि एकपटक ‘भविष्यको झल्को’ दिन तयार भएको छ, ‘नाडा अटो शो २०२५’ ।

नेपालको सबैभन्दा ठूलो ‘अटोमोटिभ इभेन्ट’ भोलि अथौत् भदौ ३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । १७औं संस्करणको ‘अटो शो’ अझ भव्य र भविष्यमुखी हुने नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको दाबी छ ।

‘इनोभेसन र इम्याजिनेसन’ को मेलका रूपमा प्रस्तुत हुने ‘शो’ले नेपालको अटो टेक्नोलोजीमा नयाँ अध्याय सुरु भएको संकेत दिइसकेको छ ।

सवारीसाधन मात्रै होइन, यो ‘अटो शो’ले प्रविधिको रोमाञ्चक संसार पनि बोकेर ल्याउनेछ । जहाँ उड्ने कार, ह्युमनॉइड रोबोट, एआई एनिमल रोबोट र दर्जनौं नयाँ विद्युतीय गाडीहरू प्रमुख आकर्षण हुनेछन् ।

विद्युतीय सवारीसाधन (इभि) सेग्मेन्टमा यो वर्ष अभूतपूर्व वर्चस्व देखिनेछ । भारत, चीन र नेपालका अग्रणी अटो ब्रान्डहरूले आफ्ना नवीनतम विद्युतीय मोडलहरू पहिलोपटक नेपाली बजारमा अवतरण गराउनेछन् । मूल्य भने न्युनतम २० लाखदेखि सुरु हुने अनुमान गरिएको छ भने अधिकतम डेढ करोडसम्म हुने अनुमान छ ।

एक दर्जन भन्दा बढी नयाँ कार मोडलहरू ‘नाडा अटो शो–२०२५’ मार्फत सार्वजनिक गरिँदैछ । तर, यो वर्ष केवल मोडलहरुको जमघट मात्र भनई विद्युतीय युगमा प्रवेश गर्ने ऐतिहासिक मोड पनि बन्ने देखिन्छ ।

पहिलो पूर्ण इलेक्ट्रिक एसयूभी ‘ई–भिटारा’

मारुती सुजुकीको पहिलो पूर्ण इलेक्ट्रिक एसयूभी ई–भिटारा’ नाडा अटो शोमा सार्वजनिक हुँदैछ । सीजी मोटोकर्पद्वारा नेपाली बजारमा ल्याइँदै गरेको यो मोडलले सुजुकी ब्रान्डका पारखीलाई विद्युतीय विकल्प दिनेछ । पारिवारिक प्रयोगमा उपयुक्त, सरल डिजाइन र किफायती अपरेसन यसको विशेषता हुन सक्छ ।

अफ–रोड क्षमतायुक्त ‘ह्यारीयर इभि’

‘अटो शो’मा टाटाले आफ्नो अफ–रोड क्षमतायुक्त इलेक्ट्रिक एसयूभी ‘ह्यारीयर इभि’ सार्वजनिक गर्दैछ । जुन कम्पनीको विद्युतीय रूपान्तरणमा अर्को महत्त्वपूर्ण पाइला पनि हो । पावरफुल लुक्स, उच्च ग्राउन्ड क्लेरेन्स र दमदार रेञ्जका कारण यो मोडल नेपाली इभि एसयूभी सेग्मेन्टमा चर्चा कमाउन सक्ने देखिन्छ ।

सस्तो र सहरमैत्री ‘एटो–२’

बिवाइडीले ‘एटो–२’ नामक नयाँ इभी मोडल ल्याउँदैछ । जुन पहिलेको अटो–३ भन्दा सस्तो, सानो र सहरमैत्री डिजाइनमा हुनेछ । कम्प्याक्ट एसयूभी सेग्मेन्टमा यो मोडलले नेपाली उपभोक्ताको बजेट र प्रविधि दुवैलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ।

दीपलको दुई नयाँ एसयूभी ‘एस०५’ र ‘एस०७’

‘अटो शो’मा चांगनको इभि सब–ब्राण्ड ‘दीपल’ ले दुई नयाँ एसयूभी ‘एस०५ र एस०७’ लन्च गर्दैछ । एस०५ मिडसाइज एसयूभी हो, जुन टेक्नोलोजी र डिजाइनमा सन्तुलित मानिन्छ । एस०७ भने प्रिमियम सेग्मेन्टका ग्राहकलाई लक्षित गर्दै ल्याइएको मोडल हो, जसमा फ्युचरिस्टिक इन्टेरियर र लामो रेन्ज विशेषता हुनेछ ।

नयाँ कम्प्याक्ट एसयूभी ‘नामी–०६’

डोङफेङले ‘नामी–०६’ नामक नयाँ कम्प्याक्ट एसयूभी प्रस्तुत गर्दैछ । यो मोडल नेपाली बजारमा बिवाइडीको ‘एटो २’ सँग प्रतिस्पर्धा गर्न आउँदैछ । मूल्य र डिजाइन रणनीतिमा यी दुई इभि मोडलबीच कडा भिडन्त हुने अनुमान समेत गरिएको छ ।

लक्जरी एमपीभी ‘एक्स९’

लक्जरी इभी सेग्मेन्टमा चिनियाँ ब्रान्ड एक्सपेङको ‘एक्स९’ एमपिभी ‘नाडा अटो शो’को स्टार प्रोडक्ट बन्ने देखिन्छ । यसमा अत्याधुनिक स्मार्ट सुविधा, फ्युचरिस्टिक डिजाइन र फस्र्ट–क्लास यात्राको अनुभव समेटिएको छ । एमपिभी सेग्मेन्टमा यति हाई–टेक अप्सन नेपालमा पहिलोपटक आउन लागेको हो ।

दुई नयाँ मोडल ‘एलइभी–०५’ र ‘एलइभी एक्स’

एसएस अटोले ‘नाडा अटो शो’मा दुई नयाँ मोडल लन्च गर्दैछ । कम्पनीले एलइभी ०५ र एलइभी एक्स लन्च गर्दैछ । एलइभी ०५ प्रिमियम ह्याचब्याक हो, जसमा ५५ किलोवाट आवरको ब्याट्री दिइनेछ । एलइभी एक्स भने अल–ह्वील–ड्राइभ एसयूभी हो, जसले स्पोर्टी र अफ–रोडिंग क्षमतामा ध्यान केन्द्रित गर्छ ।

सस्तो विद्युतीय मिनी कार ‘लुमिन’

चीनको चांगनले ‘लुमिन’ नामक विद्युतीय मिनी कार ल्याउँदैछ । जुन बजारमा सबैभन्दा सस्तो इभिको रूपमा चिनिने सम्भावना छ । छोटो दूरीका सहरी यात्राका लागि लक्षित यो मोडल केई, एमजि कोमोट र डोङफेङ मिनि इभिसँग प्रतिस्पर्धामा रहनेछ ।

長安糯玉米

मिड–हाइ सेग्मेन्ट ‘ग्यालेक्सी ई–५’

जिली ब्राण्डको इभी मोडल ‘ग्यालेक्सी ई५’ नेपाली बजारमा प्रोटोन इमास–७ को नाममा सार्वजनिक हुँदैछ । यो मिड–टु–हाइ सेग्मेन्टमा आउने इभि हो, जुन स्टाइल, प्रविधि र प्रदर्शनमा सन्तुलन ल्याउने उद्देश्यसाथ ल्याइएको छ ।

सहरमैत्री ‘यूटी ह्याचब्याक’ को पुनः प्रवेश

नेपाली बजारमा हराएर गएको ब्रान्ड एवोन (आयोन) ले ‘यूटी ह्याचब्याक’ को इन्ट्रीमार्फत पुनः सक्रियता देखाउँदैछ । कम मूल्य र सहरमैत्री साइजका कारण यो मोडलले इन्ट्री–लेभल इभी ग्राहकबीच आकर्षण बढाउने सम्भावना छ ।


प्रतिक्रिया दिनुहोस्