डा.खतिवडा अमेरिका जाने भएपछि सेयर बजारमा उत्साह बढ्यो,२०.६१ अंकले बढ्दा २ अर्ब ८० करोडको कारोबार « Arthapath.com
७ असार २०८२, शनिबार

डा.खतिवडा अमेरिका जाने भएपछि सेयर बजारमा उत्साह बढ्यो,२०.६१ अंकले बढ्दा २ अर्ब ८० करोडको कारोबार



काठमाडौं । सेयर बजार साताको अन्तिम दिन २०.६१ अंकले बढेको छ । बिहीबार नेप्से १५७१.०४ विन्दुमा बन्द भएको नेप्सेले जनाएको छ । बिहीबार आज २ अर्ब ८० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज जलविद्युत र म्युचुअल फण्ड बाहेक सबै समूहका बढेका छन् । जलविद्युत समुह २४.७६ अंक र म्युचुअल फण्ड ०.०१ अंकले घटको छ ।

त्यस्तै साताको अन्तिम दिन १ सय ९३ कम्पनी सामेल भएका थिए । सबैभन्दा बढी निर्जिवन बिमा समूहको सूचक ३३२.४१ अंकले र जीवन बिमाको १५७.३३ अंकले बढेको छ । विकास बैंक समूह ६५.४८ अंकले बढेको छ । उत्पादन तथा प्रशोधन समूहतर्फ ४९.७९ अंक बढेको छ । ट्रेडिङ तर्फ १९.५३, बैंकिङतर्फ १८.८६, होटल ८.०८, फाइनान्स ५.७९, माइक्रोफाइनान्स २०.८१, अन्य समुह २.९७ अंकले बढेको छ ।

बिहीबार पूर्वअर्थमन्त्री डा.युवराज खतिवडालाई सरकारले अमेरिकी राजदूतमा सिफारिस गरेपछि बजार बढेको विश्लेषकहरुले बताएका छन् । अर्थमन्त्री पदबाट बाहिरिए पनि उनलाई प्रधानमन्त्रीले विशेष आर्थिक सल्लाहकार बनाएका थिए ।


प्रतिक्रिया दिनुहोस्