नेरुडे मिर्मिरे लघुवित्तकाे अध्यक्षमा राज कुमार राई नियुक्त
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेडको अध्यक्षमा राज कुमार राई नियुक्त भएका छन् ।
भदौ ४ गते बिहान ११ बजे बसेको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको ३७५ औं संचालक समितिको बैठकले विद्यमान अध्यक्ष मणि कुमार अर्याललाई पदमुक्त गरी संचालक राज कुमार राईलाई संचालक समितिको नयाँ अध्यक्षका रुपमा नियुक्त गरेको हो ।












