११ श्रावण २०८३, सोमबार

नाडा अटो शो तताइरहेको ‘बीवाइडी एट्टो–२’, इभी प्रेमीलाई किन यति धेरै मोहित बनाइरहेको छ ?



काठमाडौं । नयाँ प्रविधि, वातावरणमैत्री सोच र स्टाइलिस डिजाइनप्रति झुकाव बढ्दो छ । यही माहोललाई चिर्दै ‘बिल्ड योर ड्रीम्स’ अर्थात बीवाईडीले नेपाली बजारमा फेरि नयाँ उत्साह थपेको छ ।

साइमेक्स इंकद्वारा नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरिएको बीवाईडीको नयाँ विद्युतीय गाडी एट्टो–२ अहिले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो–२०२५’ को सबैभन्दा चर्चित मोडल बन्न पुगेको छ ।

गत मंगलबार अर्थात् भदौ ३ गतेदेखि सुरु भएको शो पाँचौं प्रवेश गर्दा पनि एट्टो–२ को स्टलमा दर्शकको भीड घटेको छैन, बरु झन् बाक्लिँदै गएको छ । सुरुमा एक नजर हेर्ने इच्छा लिएर पुग्नेहरू धेरैजसो स्टेयरिङ समात्ने कल्पनासम्म डुबिरहेको दृश्य दिनभर देखिन्छ । बीवाईडी एट्टो–२ ले आफूलाई शहरमैत्री, स्टाइलिस र पहुँच योग्य विद्युतीय गाडीको रूपमा प्रस्तुत गर्न सफल भएको छ, जसका कारण शोको चर्चित मोडल बन्न पुगेको हो ।

नेपाली बजारमा एट्टो–२ को मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यो मूल्यमा ग्राहकले लक्जरी गाडीमा हुने धेरैजसो सुविधा प्राप्त गर्न सक्छन् । जसले गर्दा यो मोडलले बजेट र क्वालिटीको सन्तुलन खोज्ने उपभोक्तालाई एकैपटक लोभ्याउँन पुगेको हो ।

एट्टो–२ को आगमनले कम्पनीलाई नेपाली इभी बजारमा अझ मजबुत उपस्थितिमा पुर्‍याउने बीवाइडीको स्टल अवलोकन गर्दै गरेका एक ग्राहकले बताए । उनका अनुसार सस्तो, स्टाइलिस र भरपर्दो गाडी खोजिरहेका उपभोक्ताका लागि यो मोडल उपयुक्त विकल्प बनेको हो । त्यसमाथि पनि कम्पनीले अटो शोकै अवधिभरका लागि दिएको आकर्षक अफरले थप आकर्षित बनाएको उनको भनाई छ ।

४१.१ किलोवाट–आवर क्षमताको एलएफपी ब्लेड ब्याट्रीले ३१२ किलोमिटरको दायरा प्रदान गर्छ, जबकि अन्तर्राष्ट्रिय संस्करणमा झनै उन्नत ५१.३ किलोवाट–आवर ब्याट्री प्रयोग गरिएको छ । जसले ४२० किलोमिटर सम्म यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार १७५ बिएचपी पावर र २९० एनएम टर्कले भरिएको एकल मोटरले शान्त, द्रुत र सन्तुलित यात्रा सुनिश्चित गर्छ।

गाडीको भित्री सजावटमा १२.८ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, पानोरामिक सनरुफ, छालाको सिट, रंगीन एम्बियन्ट लाइटिङ, र गर्म–पावर समायोज्य अगाडि सिटहरू जस्ता प्रिमियम फिचरहरू छन् ।

६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, रियर पार्किङ सेन्सर, एलईडी हेडलाइट र रेन–सेन्सिङ वाइपरजस्ता सुविधा यसले दिन्छ।
शाेमा एट्टाे २ हल्का पहेँलो, र खरानी रङका दुई विकल्पमा उपलब्ध यो गाडीले पहिलेका एट्टो–३ भन्दा केही सानो, तर थप युटिलिटीमैत्री रूप देखाउँने भएकाले नै यसमा बढी आकर्षक भएको कम्पनीका प्रतिनिधिहरु बताउँछन् ।

एट्टो–२ मा ग्राहकको चासो बढ्नुको अर्को कारण हो, नाडा अटो शोमा घोषणा गरिएको विशेष अफर । शो अवधिभर गाडी बुक वा खरिद गर्ने ग्राहकले ७ किलोवाट र २.३ किलोवाट क्षमताका दुईवटा चार्जर निस्शुल्क पाउनेछन् ।

साथमा, एक वर्षको अटो कष्ट इन्स्योरेन्स, बीवाईडी मोबाइल एपको १० वर्षे निस्शुल्क सेवा र १० वर्ष वा २ लाख किलोमिटरसम्म ब्याट्री तथा मोटर वारेन्टी पनि उपलब्ध गराइएको कम्पनीका प्रतिनिधिहरु बताउँछन् ।