८९ हाइड्रोपावर कम्पनीले बेचे ३८ अर्ब २३ करोडको बिजुली, कसको कमाई कति ?
काठमाडौं । जलविद्युत कम्पनीहरुले एक वर्षमा ३८ अर्ब बढीको विद्युत बिक्री गरेका छन् । कम्पनीहरुको विद्युत बिक्रीबाट हुने आम्दानी झन्डै १४ प्रतिशत बढाएका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत हाइड्रोपावर कम्पनीहरुले प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
गत वर्ष कम्पनीहरुले ३८ अर्ब २३ करोड ७१ लाख रुपैयाँ बराबरको बिजुली बिक्री गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा १३.९३ प्रतिशत बढी हो । अघिल्लो वर्ष पनि कम्पनीहरुले ३३ अर्ब ५६ करोड २३ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेका थिए ।
८९ कम्पनीमध्ये ५७ वटाको विद्युत बिक्रीबाट हुने आम्दानी बढेको छ । २६ वटा कम्पनीको घटेको देखिन्छ भने बाँकी ४ वटाले गत वर्षदेखि उत्पादन सुरु गरेका छन् ।
गत वर्ष पनि सबैभन्दा धेरै विद्युत अपर तामाकोशीले नै बिक्री गरेको छ । कम्पनी एक्लैले ६ अर्ब ९२ करोड ३८ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेको छ। यद्यपि, यो अघिल्लो वर्षको तुलनामा भने २०.२२ प्रतिशत कमी हो । अघिल्लो वर्ष कम्पनीले ८ अर्ब ६७ करोड ८५ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेको थियो ।
दोस्रो धेरै साहस उर्जाले पनि २ अर्ब ६४ करोड ८१ लाख रुपैयाँ बराबरको विद्युत बेचेको छ। अघिल्लो वर्षको तुलनामा ८.२० प्रतिशत धेरै हो ।
गत वर्ष सानिमा मिडल तमोर हाइड्रोपावरले १ अर्ब ९७ करोड ३१ लाख, अपि पावरले १ अर्ब ६५क रोड १२ लाख, ग्रीन भेन्चर्सले १ अर्ब ६१ करोड ३६ लाख, माउन्टेन इनर्जीले १ अर्ब ३० करोड ७२ लाख, चिलिमेले १ अर्ब १२ करोड ४९ लाख र ग्रीन लाइफ हाइड्रोपावरले १ अर्ब १२ करोड ३१ लाख रुपैयाँ बराबरको विद्युत बिक्री आम्दानी गरेका छन् ।
अघिल्लो वर्षको तुलनामा बरण हाइड्रोपावर, युनियन हाइड्रोपवार, शुभव पावर, सिंगटी, रावा इनर्जी, अरुण काबेली, अरुण खोला लगायतका कम्पनीको उच्च दरमा बिक्री आम्दानी बढेको छ ।
तर, माथिल्लो मैलुङ खोला, अपर स्याङे, मान्डु हाइड्रोपावर, इनर्जी इनर्जी, सुपर मादी, लिवर्टी, न्यादी, पञ्चकन्य, खानीखोला नेशनल हाइड्रोपावर लगायतका कम्पनीहरुको बिक्री आम्दान दोहोरो अंकमा घटेको छ ।
विद्युत बिक्रीबाट कुन हाइड्रोपावरले कति कमाए ?














