नेको इन्स्योरेन्सको १७ लाख ६० हजार कित्ता बोनस सेयर सूचीकृत - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेको इन्स्योरेन्सको १७ लाख ६० हजार कित्ता बोनस सेयर सूचीकृत



काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीले मंगलबार ७ प्रतिशत बापतको बोनस सेयर सूचीकरण गरेको हो । कम्पनीको १७ लाख ६० हजार ८१५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्