तोलामा दुई लाख नाघ्यो सुनको मूल्य, चाँदी पनि उच्च बिन्दुमा
काठमाडाैं। शुक्रबार नेपाली बजारमा सुनकाे मूल्यले नयाँ रेकर्ड कायम गरेकाे छ । आज नेपाली बजारमा सुनको मूल्य तोलाको २ लाख नाघेको छ ।
आज छापावाल सुनकाे मूल्य ताेलामा ८०० रूपैयाँले बढेर प्रतिताेला २ लाख ६०० रूपैयाँ निर्धारण भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
हिजाे छापावाल सुन प्रतिताेला १ लाख ९९ हजार ४०० रूपैयाँमा काराेबार भएकाे थियाे ।
यसदिन सुनसँगै चाँदिकाे मूल्य पनि उच्च बिन्दुमा काराेबार भइरहेकाे छ । आज चाँदी प्रतिताेला ५ रूपैयाँले बढेर ताेलाकाे २ हजार ३६० रूपैयाँ ताेकिएकाे छ ।













