श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओमा आवेदन दिने आज अन्तम मौका
काठमाडाैं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो।
कम्पनीले कुल जारी पूँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको छ।
यसमा सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशत हिस्सा अर्थात ३ लाख ९ हजार ९३८ कित्ता शेयर नेपाल सरकारकाे सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा कार्यरत नेपालीहरूका लागि छुट्याइएको हो।
यस शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ भने यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १०,००० कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
कम्पनीको आईपीओ निष्काशनको लागि इक्रा नेपालले गरेको रेटिङ्गमा, कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गरिएको छ।













