२६ भदौ २०८३, शुक्रबार

मल्टीपर्पस फाइनान्सको सीइओमा सिंह



काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा रजनीश कुमार सिंह नियुक्ति भएका छन् ।
भदौ १७ गते बसेको कम्पनी संचालक समितिको बैठकले सिंहलाई सीइओमा नियुक्ति गर्ने निर्णय गरेको हो । उनको कार्यकाल आगामी भदौ २५ गतेदेखि लागू हुने छ । अवधि चार वर्षको हुने कम्पनीले जनाएको छ ।