आइतबार सुन २ सयले बढ्यो, चाँदी ५ रुपैयाँले बृद्धि

काठमाडौं । आइतबार सुन र चाँदीको भाउमा केही बृद्धि भएको छ । सुन प्रतितोला २ सय र चाँदी ५ रुपैयाँले बढेको हो ।
सुन तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । आइबतार छापावाला सुन प्रतितोला ९४ हजार ५०० र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा खरिद बिक्री भएको छ । शुक्रबार छापावाला सुन ९४ हजार ३०० र तेजाबी सुन ९३ हजार ८०० रुपैयाँमा कारोवार भएको थियो ।
चाँदी आइतबार प्रतितोला १ हजार १८० रुपैयाँ पुगेको छ । शुक्रबार चाँदीमा १ हजार १७५ रुपैयाँमा कारोवार भएको थियो ।