१२ कार्तिक २०८३, बिहिबार

छलफलमा जुटे कांग्रेस, एमाले, माओवादी र रास्वपाका युवा नेता, कस्तो आउँला संयुक्त विज्ञप्ति ?



काठमाडौं । जेनजी आन्दोलनपछि मुलुकमा बढ्दो अस्थिरता र संविधानमाथि देखा परेका चुनौतीका बीच प्रतिनिधिसभाका युवा नेताहरू संयुक्त पहलमा जुटेका छन् ।

शीर्ष तहको निष्क्रियता देखिएपछि नयाँ पुस्ताका सांसदहरूले नै निकास खोज्ने उद्देश्यले संवाद थालेका हुन् । ‘देश अफ्ठ्यारो मोडमा छ । शीर्ष नेताहरूको विज्ञप्तिले मात्र समाधान हुँदैन भन्ने महसुस गरेर हामी छलफलमा जुटेका हौँ।’

संयुक्त पहलमा कांग्रेसबाट गगन थापा, विश्वप्रकाश शर्मा र चन्द्र भण्डारी, एमालेबाट योगेश भट्टराई, ठाकुर गैरे र विद्या भट्टराई, माओवादीबाट माधव सापकोटा, राजन दाहाल तथा रास्वपाबाट शिशिर खनाल सहभागी छन् । स्रोतका अनुसार बेलुकासम्ममा संयुक्त विज्ञप्ति जारी गर्ने तयारी भइरहेको छ ।