१२ कार्तिक २०८३, बिहिबार

व्यवसायी गोल्छाको आशा : नयाँ नेपालको सपना पुरा हुन्छ



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा व्यवसायी शेखर गोल्छाले देशमा सकारात्मक परिवर्तन सम्भव रहेको बताए । उनले नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पूरा हुनेमा आफू आशावादी रहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गोल्छाले केही व्यवसायीहरूमाथि भएका हिंसात्मक आक्रमणबाट आफ्नो परिवार पनि प्रभावित भएको बताएका छन् । यद्यपि, निराश वा विचलित नभएको स्पष्ट पारेका छन् ।

उनले लेखेका छन्,‘केही व्यवसायीमाथि भएको विभत्स आक्रमणबाट हाम्रो परिवार पनि प्रभावित भयो, तर म र मेरो परिवार निराश वा विचलित भएका छैनौं ।’ गोल्छाले वर्तमान परिस्थितिलाई चिर्दै देश सकारात्मक दिशातर्फ अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।