११ श्रावण २०८३, सोमबार

उद्योगहरू जल्दैछन्, अर्थतन्त्र थलिँदैछ : निजी क्षेत्र बचाउन महासंघको आग्रह



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रको सुरक्षाका लागि आग्रह गरेका छ । महासंघले निर्वाध रुपमा पेशा व्यवसाय संचालनका लागि सुरक्षा आवश्यक रहेको जनाएको छ।

देशभर भएको आन्दोलन एवं प्रदर्शनका क्रममा भएको जनधनको क्षति प्रति गहिरो दुःख व्यक्त गर्दै महासंघले सामान अभाव हुन नदिन प्रयत्शील रहन समेत सदस्यहरुलाई आग्रह गरेको छ ।

आन्दोलनका क्रममा ज्यान गुमाउनुभएकाहरु प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै परिवार जनमा महासंघ समवेदना व्यक्त गर्दछ । साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

विज्ञप्ति मार्फत महासंघले भनेको छ,‘शुसासन, भ्रष्टाचार नियन्त्रण, वाक स्वतन्त्रता, मर्यादित रोजगारी, स्वरोजगारी, राजश्वको सदुपयोग लगायतका विषयमा युवा पुस्ताले चासो देखाएको छ । यसका लागि विकसित घटनाक्रमको विवेकपूर्ण अवतरण भै युवा पुस्ताको चाहना बमोजिम समुन्नतिको यात्रामा देश अगाडि बढने अपेक्षा महासंघले गरेको छ ।’

देशको समुन्नतिका लागि अन्यौल अन्त्य भएर शुसासन कायम गर्ने कार्यमा महासंघ समन्वय एवं सहकार्य गर्न तयार रहेको बताको छ । नवनिर्माण एवं पुर्ननिर्माणका लागि आगामी दिनमा आवश्यक पर्ने बजेटको मुख्य स्रोत निजी क्षेत्र रहेको हुँदा उद्यम व्यवसायको निर्वाध संचालन गर्न आवश्यक शान्ति सुरक्षाको व्यवस्थाका लागि महासंघ आग्रह गरेको हो ।

महासंघको सबै जिल्ला र एक सय भन्दा बढि पालिकाहरुमा सदस्य उद्योग वाणिज्य संघहरु मार्पmत उपस्थिति रहेको छ । जिल्ला, नगर, वस्तुगत, एसोसिएट लगायतका सदस्यता मार्फत महासंघले देशभरका करिब ६ लाख साना मझौला एवं ठूला उद्योगी व्यवसायीको प्रतिनिधित्व गर्दछ ।

पछिल्लो घटनाक्रममा कतिपय उद्यमी व्यवसायीको उद्योग, प्रतिष्ठान, कार्यालय एवं निवासमा समेत तोडफोड एवं आगजनीका घटना भएका छन् । यसरी व्यक्तिगत एवं व्यवसायिक सम्पत्तिमाथि भएका तोडफोडका घटनाको महासंघ भत्र्सना गरेको छ ।

‘महासंघ व्यवसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आगामी दिनमा आक्रमण नहुने सुनिश्चितताको लागि सम्पूर्ण सबैको ध्यानाकर्षण गराउन चाहन्छ । उद्योग व्यवसाय प्रतिष्ठानमा मुलुकभर नै अर्बौ रुपैया बराबरको क्षति भएको छ । यसबारे महासंघले थप विवरण संकलन गरिरहेको भएता पनि क्षतिका कारण राजश्व र कुल गार्हस्थ्य उत्पादनमै गम्भीर असर पर्ने प्रारम्भिक आंकलन गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

यसैगरि, निजी क्षेत्रका गतिविधि निर्वाध रुपमा संचालन हुन नसकेमा अर्थतन्त्रमा थप समस्या हुने र आगामी दिनमा राजश्वमा समेत नकारात्मक प्रभाव पर्न जाने जनाएको छ । त्यसैले सर्वप्रथम आम सर्वसाधारण तथा उद्यमी व्यवसायले निर्वाध रुपमा पेशा व्यवसाय गर्न पाउने सुनिश्चितताका लागि सुरक्षा प्रदान गरिदिन हुन आग्रह गरेको छ ।

निषेधाज्ञा एवं कप्mयुका सामयमा पनि अत्यावश्कीय सेवा तथा पेशाकर्मीहरुको आवतजावत एवं वस्तुहरु जस्तै औषधि, खाद्यान्न, दुध, पानी फलपूmल तरकारी, पेट्रोलियम पदार्थ आदिको ओसार पसार सहजीकरणका लागि पनि आग्रह गरेको छ । यसका लागि केन्द्र, प्रदेश र जिल्ला स्तरमा रहने सुरक्षा समितिमा महासंघ एवं महासंघका सदस्य उद्योग वाणिज्य संघका प्रतिनिधिको सहभागिताकाका लागि महासंघ आग्रह गरेको छ ।

यसैगरि गुणस्तरीय सामानको नियमित आपूर्ति गरि बजारमा अभाव सिर्जना हुन नदिने तर्पm देशैभरका सबै उद्यमी व्यवसायीहरुमा आग्रह गरेको छ । साथै यसको सुनिश्चितताका लागि सम्बन्धित प्रदेश, जिल्ला, नगर एवं वस्तुगत संघहरुले अनुगमन गर्न सुझाव दिएको छ।

महासंघले भनेको छ,‘अन्तराष्टिय विमानस्थल सुचारु भएपनि धेरै भन्सार नाका अहिले वन्द रहेका छन । अत्यावश्यकीय लगायतका सामान आयात निर्यातका लागि भन्सार नाकामा सुरक्षा दिइ सुचारु गर्ने वतावरण निर्माणका लागि पनि महासंघ आग्रह गर्दछ । नेपाली अर्थतन्त्रमा ८१ प्रतिशत, राजश्वमा ८० प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान रहेको निजी क्षेत्रका बिषय समावेश हुँदा अर्थतन्त्र चलायमान भइ समुन्नति र स्थायित्व कायम हुने विश्वास हामीले लिएका छौ ।’

सामाजिक न्याय सहितको उच्च आर्थिक वृद्धिको वातावरण निर्माण गरेर मात्र उच्च ज्याला सहितको मर्यादित रोजगारी सम्भव छ । स्थायित्वका लागि युवाहरुको चाहना अनुरुप शुसासन, वाक स्वतन्त्रता, स्वतन्त्र भएर पेशा व्यवसाय गर्न पाउने अधिकारको सुनिश्चितता संगै लगानी एवं रोजगारी प्रवद्र्धनका लागि उपयुक्त वातावरण सिर्जना गरि समुन्नत समाज निर्माणमा योगदान पुर्यायाउन महासंघ आग्रह गरेको छ ।