काठमाडौं जिल्ला अदालत पनि अनिश्चितकालका लागि बन्द
काठमाडौं । जेनजी आन्दोलनका कारण काठमाडौं जिल्ला अदालत अनिश्चितकालका लागि बन्द भएको छ । अदालतमा रहेका सम्पूर्ण मुद्दाका मिसिल, इजलास तथा फाँट जलेर नष्ट भएका छन् ।
यस्तो अवस्थामा तत्कालै सेवा दिन नसकिने अदालतले जनाएको छ । अर्को सूचना जारी नभएसम्मको लागि सबै सेवा स्थगित गरिएको अदालतले जारी गरेको सूचनामा उल्लेख छ ।
















