श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओमा आवेदन दिने अवधि थपियो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओमा आवेदन दिने अवधि थपियो



काठमाडाैं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने अवधि २ दिन थप गरेको छ।

कम्पनीले भदौ २५ गते आईपीओ निष्काशन बन्द गर्ने तय गरेको भए पनि, सो दिन उत्पन्न भएको विपरीत परिस्थितिका कारण आवेदन प्रक्रिया प्रभावित भएको जनाउँदै, स्थानीय बासिन्दाहरूको आग्रहका आधारमा अब भदौ ३० र ३१ गते थप आवेदन दिन सकिने जानकारी दिएको हो।

कम्पनीले १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँ बराबरको जारी पूँजीको २० प्रतिशत, अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरका ३२ लाख ६२ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको छ।

यस मध्ये, जारी पूँजीको १ प्रतिशत अर्थात् १ करोड ६३ लाख १२ हजार ५०० रुपैयाँ बराबरको, प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ लाख ६३ हजार १२५ कित्ता शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको हो। यसमा रुपन्देही र पाल्पा जिल्लाका स्थानीयहरूले आवेदन दिन सक्नेछन्।

यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ता सम्मका लागि आवेदन दिन सकिनेछ।


प्रतिक्रिया दिनुहोस्