बुङ्गल हाइड्रोकाे आईपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?
काठमाडाैं । बुङ्गल हाइड्रो लिमिटेडले गत भदौ १६ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि जारी गरेकाे आईपीओ बाँडफाँट भएको छ।
आईपीओ बाँडफाँट कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा आज बिहान सम्पन्न भउकाे हाे ।
कम्पनीले गत भदौ १६ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि १७ करोड १ लाख ५० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १७ लाख १ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो।
सो शेयरमा कुल २१ लाख ७५ हजार ८८८ जनाले २ करोड ३७ लाख ३८ हजार ९१० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये ३२ हजार ६३८ आवेदन रद्द भएका छन् भने २१ लाख ४३ हजार २५० आवेदन स्वीकृत भएका छन्।
मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रिया मार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जस अनुसार कुल १ लाख ७० हजार १५० जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।
आईपीओको नतिजा केही बेरपछि https://iporesult.cdsc.com.np/ मा हेर्न सकिनेछ।













