७ श्रावण २०८३, बिहिबार

सेयर बजारमा दोस्रो पटक नकरात्मक सर्किट, ४० मिनेटका लागि कारोबार स्थगित



काठमाडौं । सेयर बजार ५ प्रतिशत घटेको छ । नेप्सेमो दोस्रो नकरात्मक सर्किट लागेको हो । योसँगै कारोबार ४० मिनेटका लागि स्थगित भएको छ ।

जेनजी आन्दोलनपछि खुला भएको केही मिनेटमा नकरात्मक लागेको हो । बिहीबार कारोबार खुला भएको २ मिनेटमै बजार ४ प्रतिशत घटेको थियो । त्यसपछि कारोबार २० मिनेटका लागि रोकिएको थियो ।

पहिलो नकारात्मक सर्किट ब्रेकपछि खुलेको कारोबारमै पुन: नेगेटिभ सर्किट लागेर ४० मिनेटका लागि कारोबार स्थगित भउको हो ।

कारोबार खुलेको पहिलो एक घण्टाभित्र ४ प्रतिशत घटेमा वा बढेमा सर्किट लाग्ने व्यवस्था छ । सर्किट लागेपछि २० मिनेटका लागि कारोबार स्थगत हुने गर्छ ।

यस्तै, कारोबार खुलेको दोस्रो घण्टाभित्र पाँच प्रतिशत घटेमा वा बढेमा ४० मिनेटका लागि कारोबार रोेकिने व्यवस्था छ भने ६ प्रतिशत घटेमा वा बढेमा भने सो दिनका लागि बजार नै बन्द हुने गर्दछ ।


प्रतिक्रिया दिनुहोस्