सेयर बजारमा तेस्रो नकारात्मक सर्किट, आजको लागि कारोबार नै बन्द
काठमाडौं । सेयर कारोबार आजका लागि बन्द भएको छ । नेप्से परिसूचक ६ प्रतिशत घटेर तेस्रो सर्किट ब्रेक लागेको छ । त्यसपछि सेयर कारोबार नै आजका लागि बन्द भएको हो ।
जेनजी आन्दोलनपछि बिहीबार बजार खुलेको थियो । बजार खुलेको २ मिनेटमा नै परिसूचक ४ प्रतिशत घटेको थियो । पछिलो सर्किट ब्रेक लागेर शसयर कारोबार २० मिनेटको लागि स्थगित भयो । त्यसपछि ११ बजार २२ मिनेटमा खुलेको बजार १ मिनेट नहुँदै ५ प्रतिशत घट्न पुग्यो । पुन: दोस्रो सर्किट ब्रेक लागेर ४० मिनेटको लागि कारोबार स्थगित भएको थियो ।
४० मिनेटको स्थगनपछि कारोबार १२ बजेर ३ मिनेटमा खुला भएको थियो । तर, नेप्से पुन: ६ प्रतिशत घटेपछि तेस्रो सर्किट लागेको छ । तेस्रो पटक नकरात्क सर्किट लागेपछि आजका लागि कारोबार नै बन्द भएको हो ।
कारोबार खुलेको पहिलो एक घण्टाभित्र ४ प्रतिशत घटेमा वा बढेमा सर्किट लाग्ने व्यवस्था छ । सर्किट लागेपछि २० मिनेटका लागि कारोबार स्थगत हुने गर्छ ।
यस्तै, कारोबार खुलेको दोस्रो घण्टाभित्र पाँच प्रतिशत घटेमा वा बढेमा ४० मिनेटका लागि कारोबार रोेकिने व्यवस्था छ भने ६ प्रतिशत घटेमा वा बढेमा भने सो दिनका लागि बजार नै बन्द हुने गर्दछ ।

तेस्रो नकरात्मक सर्किट लाग्दा परिसूचक २ हजार ५११.९१ अंकको बिन्दुमा पुगेको छ । बजार १६०.३३ अंक घटेको हो । सो अवधिमा कुल ७२ करोड ८७ लाख रुपैयाँ बराबरको १७ लाख ५२ हजार ७८१ कित्ता सेयर किनबेच भएका छन् ।
कारोबारमा आएकामध्ये २१७ वटा कम्पनीको सेयर भाउ घटेको छ । उक्त अवधिमा ९ कम्पनीको सेयर मूल्य मात्रै बढेको हो ।













