आइतबार बढेको नेप्से सोमबार ओरालो लाग्यो, ४ अर्ब ३८ करोड कारोबार « Arthapath.com
२१ असार २०८२, शनिबार

आइतबार बढेको नेप्से सोमबार ओरालो लाग्यो, ४ अर्ब ३८ करोड कारोबार



काठमाडौं । सोमबा नेप्से ३.६३ अंकले घटेको छ । आज १५८२.१२ को विन्दुमा नेप्से बन्द भएको हो । १९३ कम्पनीको १ करोड ६ लाख ३१ हजार ९ सय ४४ कित्ता शेयर कारोबार हुँदा ४ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

सोमबार होटल, विकास बैंक, हाईड्रोपावर, म्युचअल फन्ड र अन्य क्षेत्र बाहेक सबै क्षेत्रको उपसूचक राताम्मे भएको छ । सबैभन्दा धेरै नेपाल रि इन्स्योरेन्स कम्पनीको २६७ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

कामना सेवा विकास बैंक र रैराङ हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, प्रोगेशीभ फाइनान्स लगानीकर्ताले ७ दशमलव १९ प्रतिशतका दरले गुमाएका छन् भने उन्न्ती सहकार्य लघुवित्त वित्तीय संस्थाको लगानीकर्ताले ४ प्रतिशतले गुमाएका छन् ।

आईतबार नेप्से परिसूचक १४.७१ अंक बढेर १५८५.७५ विन्दुमा बन्द भएको थियो । आइतबार १९५ कम्पनीको ४५ हजार ७६३ पटकको कारोबारमा ३ अर्ब १७ करोड ८८ लाख ५३ हजार रुपैयाँ बराबरको १ करोड ७ लाख १३ हजार ३१२ कित्ता शेयर खरिदबिक्री भएको थियो ।

गत साताको अन्तिम कारोबार दिन २०.६१ अंक बढेर १५७१.०४ विन्दुमा बन्द भएको थियो । गत साताको अन्तिम कारोबार दिन २ अर्ब ८० करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।


प्रतिक्रिया दिनुहोस्