सेयर बजारको सुधार योजना सम्बन्धी अध्ययन प्रतिवेदनमा के छ ? (पूर्णपाठ)
काठमाडाैं । अर्थमन्त्रालयले पुँजी बजारमा आम लगानीकर्ताको मनोबल बृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधार सम्बन्धी तयार पारिएकाे अध्ययन प्रतिवेदन सार्वजनिक गरेकाे छ ।
नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा गठित चार सदस्यीय कार्यदलले पुँजी बजारमा देखिएका समस्या र सुधारका उपाय सहितको प्रतिवेदन तयार पारेको हो ।
कार्यदलले तयार पारेकाे प्रतिवदन बिहीबार बिहान अर्थमन्त्री रामेश्वर खनाललाई बुझाइएकाे हाे ।
उक्त प्रतिवेदनमा बैंक तथा वित्तीय संस्थाबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक सीमा रू २५ करोडलाई हटाउन सुझाव दिइएकाे छ ।
यस्तै बैंक तथा वित्तीय संस्थाहरूले सूचीकृत संगठित संस्थाको शेयर तथा ऋणपत्रमा एक बर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाउने व्यवस्था खारेज गर्ने, शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको २०८२ आश्विन मसान्तसम्म बुझाउनुपर्ने ब्याज पौष मसान्तसम्म बुझाएमा कुनै पनि थप जरिवाना नलाग्ने व्यवस्था गर्ने र धितोपत्र दलाल व्यावसायी मार्फत मार्जिन कारोवार प्रणाली कार्यान्वयन गर्नेु पर्ने लगायत ३ दर्जन भन्दा बढी सुझावहरू प्रस्तुत गरेको छ ।













