डेडिकेटेड फिडर तथा ट्रंक लाइन : बक्यौता महशुल तिर्न कात्तिक १७ गते सम्मको समय
डेडिकेटेड फिडर तथा ट्रंक लाइन : बक्यौता महशुल तिर्न कात्तिक १७ गते सम्मको समय
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनमार्फत विद्युत उपभोग गरेर २०७२ माघदेखि २०७५ बैशाखसम्मको महशुल तिर्न बाँकी रहेका उपभोक्तालाई आगामी कात्तिक १७ गतेभित्र रकम बुझाउन समय दिएको छ ।
प्राधिकरणले किस्ताबन्दीमा तिर्न चाहनेलाई अधिकतम २८ महिनाको किस्ता सुविधा पनि दिने जनाएको छ । निर्धारित म्यादभित्र महशुल नबुझाए कानुनी कारबाही हुने चेतावनी प्राधिकरणले दिएको छ ।












