एसवाई प्यानल नेपालको आईपीओमा आवेदन दिने आज अन्तिम मौका
काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओमा आवेदन दिन आज (असोज २१ गते) अन्तिम मौका हो।
कम्पनीले असोज ७ गतेदेखि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि साधारण शेयर (आईपीओ) निष्काशन खुला गरेको हाे।
कम्पनीले आफ्नो कुल जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँमध्ये ४० प्रतिशत बराबरको ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरका ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ।
यसमध्ये २ प्रतिशत अर्थात् २ करोड ६१ लाख ६२ हजार ७०० रुपैयाँ बराबरका २ लाख ६१ हजार ६२९ कित्ता शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको हो। यी शेयरहरू प्रतिकित्ता १०० रुपैयाँको दरमा निष्काशन गरिएको हो।
उक्त आईपीओमा चितवन जिल्ला अन्तर्गत रत्ननगर नगरपालिकाका सबै वडाका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्। आवेदन न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म दिन सकिनेछ।













