४५ अंकले घटेर २५ सय ५९ बिन्दुमा झर्यो नेप्से, पाैने ६ अर्बकाे काराेबार
काठमाडौं । दशैँपछिको दोस्रो कारोबार दिन पनि शेयर बजार उच्च अंकले ओरालो लागेको छ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक ४५.३६ अंकले घटेको हो ।
आज १.७४ प्रतिशतले घटेर सेयर बजार २५ सय ५९ दशमलव ५९ बिन्दुमा झरेकाे छ ।
नेप्से परिसूचक घटेपनि यसदिन काराेबार रककमा भने दाेब्बर वृद्धि देखिएकाे छ । आज ३३५ कम्पनीकाे १ कराेड ३७ लाख ४९ हजार ५०४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७६ कराेड २७ लाख रूपैयाँकाे काराेबार भएकाे छ ।
हिजाे ३२६ कम्पनीकाे १ कराेड ३ लाख ४५ हजार ९०३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६२ कराेड ९० लाख ४२ हजार रूपैयाँकाे काराेबार भएकाे थियाे।
सबै समुहकाे सेयर घटेकाेमा यसदिन फाइनान्स समुह सर्वाधिक ३.०९ र हाेटल तथा पर्यटन ३.०२ प्रतिशतले घटेकाे छ । यस्तै जलविद्युत २.३४, विकास बैंक २.२८ र निर्जीवन बीमा समुहकाे सेयर मूल्य २.०५ र लगानी समुहकाे सेयर मूल्य २.०२ प्रतिशतले घटेका छन् ।













