त्रिभुवन विमानस्थलमा लायन एयरको जहाज ‘मिस अप्रोच’
त्रिभुवन विमानस्थलमा लायन एयरको जहाज ‘मिस अप्रोच’
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको तयारीमा रहेको लायन एयरको विमानले आवश्यक प्राविधिक मापदण्ड नपुगेपछि ‘मिस अप्रोच’ गरेको छ ।
बैंककबाट काठमाडौं आउँदै गरेको विमान निर्धारित अवतरण प्रक्रिया पूरा नगरी फेरि आकाशतर्फ फर्किएको हो । विमानस्थल कार्यालयकाका अनुसार गति र उचाइ जस्ता आवश्यक सर्त नपुगेकाले जहाजले सतर्कताका लागि मिस अप्रोच गरेको हो ।
यस्तो प्रक्रिया सामान्य सुरक्षा अभ्यास अन्तर्गत पर्छ । यात्रु तथा विमान दुबै सुरक्षित छन् । विमानले केही समयपछि सामान्य रूपमा अवतरण गरेको जानकारी छ ।













