वायुसेवा निगममा अनियमितता, छानबिन गर्न जेनजीको माग
वायुसेवा निगममा अनियमितता, छानबिन गर्न जेनजीको माग
काठमाडौं । नेपाल वायुसेवा निगममा बढ्दो अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न जेनजी नेपाल समूहले माग गरेको छ ।
आईतबार निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई भेटेर जेनजीका प्रतिनिधिहरूले वाइडबडी र लाउडा एयर काण्डको निष्पक्ष छानबिन गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका छन् ।
समूहले २०४७ सालपछि नियुक्त भएका सबै पदाधिकारी र कर्मचारीको सम्पत्ति विवरण सार्वजनिक गर्न २१ दिने समयसीमा तोक्दै ३० दिनभित्र छानबिन प्रतिवेदन बाहिर ल्याउने स्वतन्त्र आयोग गठनको मागसमेत अघि सारेको छ ।
जेनजीले दुर्गम क्षेत्रमा सस्तो हवाई सेवा, विद्यार्थी तथा गरिब वर्गलाई ५० प्रतिशत छुट र करार कर्मचारीको संख्यामा कटौतीको माग राखेको छ ।













