हमासद्वारा आज रिहा गरिने २० बन्धकको सूचीमा नेपाली विपिन जोशीको नाम छैन
हमासद्वारा आज रिहा गरिने २० बन्धकको सूचीमा नेपाली विपिन जोशीको नाम छैन
काठमाडौं । प्यालेस्टिनी संगठन हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरूको नाम सार्वजनिक गरेको छ । तर, त्यो सूचीमा नेपाली नागरिक नागरिक विपिन जोशीको नाम भने समावेश छैन ।
प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’ र बीबीसीका अनुसार सार्वजनिक नामहरूमा इजरायली नागरिकहरू मात्र छन् । जसमा बार कुपरस्टाइन, एव्यातार डेविड, योसेफ–चाइम ओहाना, म्याक्सिम हेरकिन, गाली बर्मन, ओम्री मिरान लगायत रहेका छन् ।
रिहाइ प्रक्रिया अन्तर्राष्ट्रिय रेडक्रसको रोहबरमा इजरायली सेनाको जिम्मामा सुम्पिने तयारी छ । गाजा स्ट्रिपमा रेडक्रसका प्रतिनिधिहरू पहिल्यै पुगेका छन् ।
नेपाली विद्यार्थी विपिन जोशी गत वर्ष हमास आक्रमणमा हराइरहेका थिए । हालसम्म उनको अवस्थाबारे कुनै आधिकारिक पुष्टि भएको छैन ।













